दफा ४
समितिको काम, कर्तव्य र अधिकार
४. समितिको काम, कर्तव्य र अधिकारः
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) अस्पतालको सञ्चालन तथा व्यवस्थापनको लागि आवश्यक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, गराउने,
(ख) अस्पतालको लागि आवश्यक स्रोत तथा साधनको व्यवस्था गर्ने,
(ग) अस्पतालको वार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गरी कार्यान्वयन गर्ने,
(घ) अस्पतालको सेवा शुल्क निर्धारण गर्ने,
(ङ) अस्पतालको भौतिक सम्पत्तिको संरक्षण तथा मर्मत सम्भार गर्ने,
(च) आर्थिक रुपमा असहाय तथा असक्षम मानिने बिरामी सम्बन्धी मापदण्ड तयार गर्ने,
(छ) आर्थिक रुपमा असहाय तथा असक्षम मानिने बिरामीको लागि निशुल्क उपचारको व्यवस्था गर्ने,
(ज) तोकिए बमोजिमको अन्य कार्यहरू गर्ने ।